मोरङ / मोरङको विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका –१८ खोक्साहाका २८ वर्षीय पप्पु कुमार मण्डल रहेका छन् । 

मण्डल आज दिउसो ११ बजे विराटनगर –१७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए ।

OM Sai Pathibhara Hospital

मण्डलको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु  भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।