काठमाडौं / नेकपा एकीकृत समाजवादी सम्बद्ध विद्यार्थीहरूले दार्चुला घटनाको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । विद्यार्थीहरूले शुक्रबार रत्न राज्य क्याम्पस, प्रदर्शनीमार्गमा मोदीको पुत्ला जलाएका हुन् ।   

उनीहरूले प्रदर्शनको क्रममा जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।

OM Sai Pathibhara Hospital

गत साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा खसेका थिए । 

सरकारले घटनाको छानबिन गर्न बनाएको समितिले समेत सो घटनामा भारतीय पक्षको संलग्नता रहेको ठहर गरिसकेको छ । तर, घटनाको विरोध गर्दै भारतलाई कूटनीतिक नोट पठाउने काम समेत नगरेको भन्दै सरकारको पनि आलोचना भइरहेको छ ।