काठमाडौं / अवैध रुपमा यार्सागुम्बाको कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोरखाको चुमनुब्री गाउँपालिका–३ घर भई काठमाडौंको मित्रनगरमा बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङको मस्र्याङ्दी गाउँपालिका –६ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्ने ५० वर्षीय बेलबहादुर थापा रहेका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै लमजुङकै बेसीशहर नगरपालिका–११ घर भई काठमाडौंको बानियाँटार बस्ने ४० वर्षीय कृष्ण परियार र प्युठानको खलंगा नगरपालिका–११ घर भई काठमाडौंको तारकेश्वरमा बस्ने ४७ वर्षीय दानबहादुर जीसी रहेका छन् । 

अवैध रुपमा यार्सागुम्बाको कारोबार गरिरहेको सूचनाको आधारमा बिहीबार महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले १ किलो ८५० ग्राम यार्सागुम्बा बरामद गरेको महाशाखाले जनाएको छ ।