ओखलढुङ्गा  /ओखलढुङ्गाको सिद्धिचरण राजमार्गस्थित ताराबारीमा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 

बुधबार  बा३६प ३५२२ नम्बरको मोटरसाइकलको ठक्करबाट मानेभन्ज्याङ गाउँपालिकाकी मानबहादुर मगरकी श्रीमती कृष्णमाया घाइते भएकी थिइन् । दुर्घटनामा घाइते भएकी उनको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

घटनापछि फरार रहेका मोटरसाइकल चालक र चलाएको मोटरसाइकललाई मानेभन्ज्याङ प्रहरीले नियन्त्रण लिएको छ ।