बिर्तामोड / नेपाल विद्युत प्राधिकरणले कर्मचारीका लाग विज्ञापन खुलाएको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले विभिन्न पदका लागि ३ सय ३९ जना नयाँ कर्मचारीका लागि विज्ञापन खुलाएको हो । 

अधिकृत र सहायक स्तरमा सह–निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा विज्ञापन खोलिएको हो। लिखित र अन्तर्वार्ताका माध्यमबाट परीक्षा हुनेछ।

OM Sai Pathibhara Hospital

इच्छुक उम्मेद्वार असोज ७ गतेसम्म र दोब्बर शुल्क तिरेर १४ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।