बिर्तामोड / पछिल्लो समय विश्वका विभिन्न देशमा वैधानिक कारोबार सुरु भएको गाजाको नेपालमा पनि वैधानिक कारोबारको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।

गाजाको वैधानिक कारोबार गर्न सके नेपालको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने भन्दै अधिवक्ता अर्जुन कुमार अर्याल र सगुन्तला भुसालले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

दायर रिटमा निश्चित मापदण्ड राखेर गाजाको खेतीलाई वैधानिकता दिन र कारोबार खुल्ला गर्न सरकारका नाममा आदेश जारी गर्न दायर रिटमा माग गरिएको छ ।