काठमाडौँ / घुस मागेको आरोपमा माओवादीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट घर भएका तिलक बहादुर उपाध्याय र रोल्पाका दत्त बूढा रहेका छन् ।
उनीहरूले महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका थुनुवालाई ‘छुटाउँछौँ’ भनेर घुस लिएको अनुसन्धानबाट खुलेको काठमाडौँ परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए ।
पक्राउ परेका उपाध्याय माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् भने दत्त पूर्व विद्यार्थी नेता हुन् ।
जुवा खालबाट पक्राउ परेकाहरूसँग उनीहरूले ३ लाख नगद लिएका थिए ।