ताप्लेजुङ / ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले निषेधाज्ञा हटाएको हो ।

जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कम रहेको र दैनिक सङ्क्रमित हुने दरमा पनि घटेकाले निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

निषेधाज्ञा हटाए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने छ । मास्क नलगाएको र भौतिक दूरी कायम नगरिएको पाइए प्रतिव्यक्ति  एक सय रुपैंया जरिवाना तिराउने वैठकले निर्णय गरेको छ ।