झापा / झापा अर्जुनधारा-४ मदनपुर स्थितबाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार ७ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्जुनधारा-२ का १८ वर्षीय एबिट बुढाथोकी,३० वर्षीय सजित समाल र अर्जुनधारा-३ का २६ वर्षीय सौगात खतिवडा रहेका छन् । साथै उनीहरूको साथबाट नगद ४९ हजार ५ सय रुपैयाँ समेत फेला पारी बरामद गरिएको छ । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा लागूऔषध मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको छ ।