धरान / केही दिन देखि निरन्तर परेको वर्षाका कारण पहिरो खस्दा चतरा – बराहक्षेत्र सडक खण्ड अवरुद्ध भएको छ । वराहक्षेत्र नगरपालिका –१ स्थित कोसिपुलबाट वराहक्षेत्र धाम जोड्ने चतरा–बराहक्षेत्र सडक अवरुद्ध भएको हो ।
सडकमा सोमबारदेखि पहिरो जान थालेको स्थानीय राजु घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार सोमबार सडक विभागका कर्मचारी सहित टेम्पाे व्यवसायीले पहिरो पन्छाएर सामान्य रुपमा यात्रा गर्न सक्ने बनाएका थिए । पुनः मंगलबार पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।
पहिरोका कारण बराहक्षेत्र मन्दिर जाने बाटो अवरुद्ध भएको बराहक्षेत्र नगरपालिका –१ का अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए ।