ओखलढुंगा / ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० बर्षिया मीनाकुमारी श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् ।
घरबाट करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायिक वनपाखामा सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । महिलाले आत्महत्या गरेको स्थान छेवैमा डिजेल प्रयोग गरिएको बोतल तथा सानो झोला समेत फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले शवको मुचुल्का उठाई शवलाई सोमबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उक्त महिला केही समयअघि कोभिड संक्रमित समेत थिइन् । मृतकका दुई छोरी रहेका छन् ।