बिर्तामोड / बिर्तामोड नगरपालिकाले नगरक्षेत्रको फोहोर व्यवस्थापन गर्न नसक्दा यतिबेला मुख्य बजार क्षेत्र दुर्गन्धित भएको छ । मुख्य सडक क्षेत्रमा थुप्रिएको फोहोरका कारण नगरक्षेत्र नै दुर्गन्धित बनेको हो ।

ल्याण्डफिल्ड साइट नहुँदा फोहोर व्यवस्थापन गर्न कठिनाइ भएको नगरपालिकाले बताउँदै आएको छ । व्यवस्थापनको जिम्मेवारी बोकेको ठेकेदार कम्पनी पनि नगरपालिकाले सम्झौता अनुसार ल्याण्डफिल्ड साइड नदिएकाले फोहोर संकलन गर्न नसक्ने भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिएको छ ।  

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि नगरवासीसँग शुल्क लिन पाउने गरी गत वैशाख १५ गते काठमाण्डौको निराकार सरसफाइ सेवा प्रालिलाई जिम्मा दिएको थियो । निराकारलाई व्यवस्थापनको जिम्मेवारी दिएपछि निराकारले सम्झौता अनुसार फोहोर संकलन र विसर्जन सँगै नगरवासीसँग शुल्क लिन थालेको थियो ।