बिर्तामोड / झापाका पर्यटन व्यवसायी गोपाल खनालको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ । 

जिल्ला ट्राभल्स सङ्घ, झापाका उपाध्यक्ष तथा भद्रपुर नगरका अध्यक्ष समेत रहेका भद्रपुर नगरपालिका(८ निवासी ५६ वर्षीय खनालको उपचारको क्रममा  सोमबार बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा निधन भएको हो । 

OM Sai Pathibhara Hospital

भद्रपुर स्थित अनिमेष ट्राभल्स एन्ड टुर्सका सञ्चालक खनाल मङ्गल सेवा समिति भद्रपुर, झापा उद्योग वाणिज्य सङ्घ, मेची क्याम्पस बौद्धिक बाटिका निर्माण समिति र झापा नेत्रहीन संघलगायतका सङ्घसंस्थामा आबद्ध रहेका थिए । खनाललाई  साउन २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।