धादिङ / धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर –५ बञ्चरे डाँडामा एनसेलको टावरमा तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

पोलमा सर्ट भएको बिजुलीका कारण करेन्ट लागेर उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डीएसपी युवराज खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार घाइतेको स्थानीय अस्पतालमा राखेर उपचार भइरहेको छ ।