विराटनगर// भारतदेखि अवैध रुपमा भित्रिएको कपडा नियन्त्रणमा लिन खोज्दा तस्करले प्रहरीमाथि हातपात गरेका छन्।
तस्करी गरेर ल्याएको ९ पोका कपडा प्रहरीले नियन्त्रणमा लिन खोज्दा विराटनगर १३ का ३२ वर्षिय नरेश यादवले डियुटिमा खटिएका प्रहरीमाथि हातहात गरेका हुन्।
शनिबार राती तस्करीको कपडा आएको छ ,भन्ने सूचना पाएपछि विराटनगर १२ स्थित बखरी प्रहरी चौकीका असाइ भुवन श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले यादवसहित तस्करीमा प्रयोग गरिएको को २ ह ६२२६ नम्बरको अटो र कपडा समेत बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी गराएका छन्।
सादा पोसाकमा खटिएको प्रहरीले कपडा नियन्त्रणमा लिन खोज्दा यादवले हातपात गरेका हुन्।
त्यसपछि वडा प्रहरी कार्यालय विराटनगरका डिएपी दिपक कार्की, बखरी प्रहरी र मोरङ प्रहरीबाट गएको थप प्रहरी टोलीले यादवसहित तस्करीको कपडा बरामद भएको प्रहरीले जनाएको छ ।
तस्करको हातपातबाट बखरी प्रहरीका जवान करण मण्डल सामान्य घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको प्रहरीले बताएको छ।
पक्राउ परेका यादवले यसअघि पनि प्रतिबन्धित औषधी तस्करी गरि भण्डान गरिएको अवस्थामा बरामद गर्दा डियुटिमा खटिएका प्रहरीलाई धम्कि दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ।
गत मंसिर ९ गते यादवले तस्करी गरेर ल्याइएको औषधि विराटनगर– १३ स्थित घरमा भण्डारन गरी राखिएको अवस्थामा मोरङ प्रहरीले बरामद गरेको थियो ।