मोरङ / मोरङको उर्लाबारी बाट प्रतिबन्धित औषधी सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका १ स्थित झारासादीका २० वर्षीय उमेश धिमाल रहेका छन् ।
शनिबार राति १२ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी ट्रामाडोल - ५७५ ट्याब्लेट र स्पासपेन -५७० ट्याब्लेट बरामद गरेको हो । औषधी बरामद गरे पश्चात उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।