मोरङ / मोरङमा लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले गाँजा सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका –५ का ६१ वर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् ।
गत भदौ १० गते इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट लागू औषध गाँजा ४ केजी ३०० ग्राम र नगद ५० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
माझी सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७५ पुस ५ गतेको फैसलाले लागूऔषध मुद्दामा ६ महिना ५ दिन कैद र जरिवाना रु. ३ हजार ठहर भएका फरार प्रतिवादी हुन ।