बिर्तामोड / झापामा मोटरसाइकलको ठक्करबाट एक गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका –९ निवासी २३ वर्षीया दीक्षा प्रसाईँ (चम्लागाई) रहेकी छिन् ।
बुधबार राति ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा२७ प६४२२ नम्बरको मोटरसाइकलले पैदलयात्री प्रसाईँलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी प्रसाईँको टाउको, दुवै हात र घुँडामा चोट लाग्नुका साथै पेटभित्रको बच्चाको धड्कन नचलेपछि ओम साई पाथीभरा हस्पिटल भद्रपुरले लगिएकाे थियाे ।
प्रसाईँलाइ थप उपचारका लागि राति नै लाइफलाइन अस्पताल दमक लगिए पनि पुर्याउन साथ उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक मेचीनगर नगरपालिका –१३ निवासी ३६ वर्षीय मनप्रसाद तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायब उपरीक्षक डीएसपी राकेश थापाले जानकारी दिए ।