मोरङको / विराटनगर महानगरपालिका –१२ बखरीबाट प्रतिबन्धित औषधी सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका –१७ का ३० बर्षीय मोहमद अम्जाद अली रहेका छन् ।
मंगलबार बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अलीलाई भारतको जोगवनीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका अलीको साथबाट प्रहरीले इफिकिस ५ कार्टुन (प्रति कार्टुन ७२ पिस), माइक्रोसट १ कार्टुन (१८ पिस) , एन्ड विमेलोक्स ७ कार्टुन (प्रति कार्टुन ७२ पिस) प्रतिबन्धित औषधी बरामद गरेको छ ।
पक्राउ परेका अलीलाई आज औषधी सहित आवश्यक कारबाहीको लागी औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाइएको छ ।