बिर्तामोड / झापाको दुर्गापुरमा ८ महिने शिशु सहित एकै परिवारका तीन सदस्य झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

कन्काई नगरपालिका –१ सिर्जना चौतारी बस्ने ३४ वर्षीय रविन बिक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत बिक र ८ महिनाकी छोरी रुविना बिक घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

OM Sai Pathibhara Hospital

मृतक रविनको भने कोरोना पोजेटिभ भएको रिपोट भेटिएको तर कसकसलाई कोरोना संक्रमण भएको भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए । 

मृतक रविनले वैदेशिक रोजगारीको एजेन्ट काम गर्दै आएको र बैदेशीक रोजगारमा जाने थुप्रै व्यक्तिहरूको पैसा हिनामिना गरेकाे  आफन्तको भनाइ  छ । 

घटनाको बारेमा आवश्यक प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाउन लागिएको डीएसपी थापाले बताए ।