जुम्ला / जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका –३ का २५ वर्षीय  दानबहादुर रोकाय रहेका छन् । 

रोकायलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार एयरपोर्ट चोकबाट पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनक बहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिए ।

OM Sai Pathibhara Hospital

अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनीले दिएको प्रहरी निरीक्षक शाहीले बताए ।

जुम्ला हिमा गाउँपालिका –३ की १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर प्रहरी कार्यालय जुम्लामा निवेदन दिएकी थिइन् ।

अपहरण गरेको बच्च रोकायको अवैध सम्पर्कबाट जन्मेको बताइएको छ । किशोरीले गत कात्तिक महिनामा शिशुलाई जन्म दिएकी थिइन् ।