फुङ्लिङ / ताप्लेङजुङ जिल्ला अदालतले आर्थिक बर्ष २०७७/०७८ मा ७० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । कूल चार सय ५२ मुद्दामध्ये तीन सय १३ फछ्र्यौट भएको हो ।
अघिल्लो आवमा जिम्मेवारी सरी आएका एक सय ४४ तथा नयाँ दर्ता भएका तीन सय ८ थान गरी चार सय ५२ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार शम्भुनाथ रेग्मीले जानकारी दिए ।
चालू आर्थिक बर्षका लागि भने एक सय ३९ थान मुद्दा जिम्मेवारी सरी आएकामा १८ महिना नाघेको एउटा, १२ देखि १८ महिना भित्रका आठ, छदेखि १२ महिनाभित्रका ४१ र छ महिना भित्रका ८९ मुद्दा रहेको अदालतले जानाएको छ ।
गत आवमा छ महिना भित्रका १२०, छदेखि १२ महिना भित्रका १५३, १२देखि १८ महिना भित्रका ३५ र १८ महिना नाघेका पाँच गरी कूल तीन सय १३ मुद्दा फछ्र्यौट भएको थियो ।