बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका –९ देवकोटा चौकबाट लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –८ का २० वर्षीय गोपाल विश्वकर्मा र इलाम माई नगरपालिका –६ घर भई हाल बिर्तामोड नगरपालिका –८ मा DDR फार्मेसी सञ्चालन गरी बस्ने २० वर्षीय भीष्म बुढाथोकी रहेका छन् ।
उनीहरूलाई शुक्रबार साँझ साढे ४ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट प्रहरीले ५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।