धरान //राजनीतिक दलको अनुरोधमा धरान उपमहानगरपालिकाले शुक्रबारबाट गर्ने भनिको कडा लकडाउन फिर्ता भएको छ।
व्यवसायीले बुधबार र विहिबार धरानमा लकडाउनको चर्को विरोध प्रदर्शन गरेपछि शुक्रबारबाट गर्ने भनिएको कडा लकडाउन फिर्ता भएको हो।
धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको अध्यक्षतामा विहिबार भएको सर्वपक्षिय छलफलले लकडाउन फिर्ता गर्ने निर्णय गरेको हो।
अब एक हप्ता भित्र स्वास्थ्यका मापदण्ड पालनामा कडाई गरिने र अहिले भईरहेको निषेधाज्ञालाई निरन्तरता दिईने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन्।