सुनसरी//सप्तकोसीमा आत्महत्याको प्रयास गरेका ६ जनालाई प्रहरीले उद्दार गरेको छ।

असार र साउन महिनामा आत्महत्याको प्रयास गरेका ६ जना पुरुष र महिलालाई  उद्धार गरेर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाले जानकारी गराएका छन्।

OM Sai Pathibhara Hospital

धेरै जनाको पारिवारिक सम्बन्ध नराम्रो भएको तथा आर्थिक तनाव भएकाले आत्महत्या प्रयास भएको प्रारम्भिक अनुसन्धानमा देखिको एसपी  थापाले बताएका छन्।

आत्महत्याको प्रयास गर्न लागेकालाई प्रहरी चौकी कोसी ब्यारेजको टोलीले रोक्न खोज्दा आफू मर्न चाहेकाले छोडिन आग्रह समेत गर्ने गरेको प्रहरीले बताएको छ।

असार १ गते सुनसरी गढी गाउँपालिका -६ का ७८ वर्षीया यादव थरका वृद्धको उद्धार गरी आफन्तलाई बुझाएको हो।

यसैगरी असार २१ गते मोरङ विराटनगर महानगरपालिका -१० का ५५ वर्षीया  अधिकारी थरकी महिला, साउन ४ गते विराटनगर-३ की ३५ बर्सिया सापकोटा भट्टराई थरकी महिलाले आत्महत्याको प्रयास गरेको प्रहरीले बताएको छ।

यस्तै साउन २० गते भारत मधुवनी जयनगर चित्र गुप्तकोलोनीका २५ वर्षीया ठाकुर थरका युवा, साउन २४ गते सुनसरी इटहरी उपमहानगर-६ का ६५ वर्षीया पोखरेल थरकी महिला र काभ्रेपलान्चोक-१३ का ४० बर्सिया सापकोटा थरकी महिलाले आत्महत्याको प्रयास गरेको एसपी थापाले बताएका छन्।

मनोविश्लेषकहरूका अनुसार  'एक पटक आत्महत्याको प्रयास गरेर असफल भएको मानिसको मृत्यु आत्महत्याबाट नै भएको देखिन्छ।' प्रहरीले उद्धार गरेका मध्ये एकको मृत्यु समेत भएको छ।

सुनसरीमा पछिल्लो समय आत्महत्याको ग्राफ बढ्दो छ।