काठमाडौं / सञ्चार उद्यमी महेन्द्र शेरचनको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । राजधानी दैनिकका अध्यक्ष शेरचनको सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो ।
६७ वर्षीय शेरचनलाई दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । शेरचनको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी गराएको छ ।
वैदेशिक रोजगार व्यवसायी संघको संस्थापक अध्यक्षसमेत रहेका शेरचन मिडिया सोसाइटीका पूर्वअध्यक्ष समेत हुन् । शेरचन हाल मिडिया अलाइन्सको उपाध्यक्ष र नेपाल सरकारको विज्ञापन बोर्डका सदस्य थिए ।
मृतक शेरचनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।