बिर्तामोड / एक नम्बर प्रदेश सरकारले सार्वजनिक यातायातका साधनको सवारी भाडा वृद्धि गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीका साधनको भाडा २३ प्रतिशत वृद्धि गरेको हो । मन्त्रालयले सार्वजनिक सूचना जारी गरी भाडा वृद्धि गरिएको जनाएको हो ।
प्रदेशभित्र चल्ने यात्रुवाहक सार्वजनिक सवारीका साधनको भाडा २२ प्रतिशत बढाएको छ । त्यसैगरी प्रदेशका पहाडी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारीका साधनको भाडा १६ दशमलव ५ प्रतिशतले बढाएको छ ।
त्यसैगरी सरकारले मालबाहक सवारीको भाडा २३ प्रतिशत वृद्धि गरेको छ ।
यातायात व्यवसायीले भने प्रदेश सरकारले बढाएको भाडा प्रति असन्तुष्टि जनाएका छन् । महासङ्घका महासचिव सरोज सिटौलाले संघीय सरकारले जसरी नै भाडा वृद्धि गर्नुपर्ने बताएका छन् । उनले संघीय सरकारले २८ प्रतिशत वृद्धि गरेको भन्दै सोही अनुसार नै गर्न माग गरेका छन् ।