विराटनगर / मोरङको विराटनगर स्थित एक उद्योगका प्रमुख कार्यकारी अधिकृतले महिला मजदुरमाथि दुर्व्यवहार  गरेको भन्दै मजदुर आन्दोलनमा उत्रिएका छन् ।

विराटनगर – १३ मा सञ्चालनमा रहेको ट्राइकोट इन्डस्ट्रिज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सञ्जय चाण्डोकले महिला मजदुरमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

OM Sai Pathibhara Hospital

आन्दोलनमा उत्रिएका उद्योगका मजदुरले चाण्डोक माथि कारवाही गर्न माग गरेका छन् । कारवाहीको माग गर्दै मजदुरले उद्योग परिसरमा नाराबाजी र प्रदर्शन गरेका छन् ।

तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको उद्योगमा हाल करिव ३ सय ५० मजदुर कार्यरत रहेका छन् । उद्योग प्रशासनले उद्योगमा करिव १ सय ५० महिला मजदुर रहेको जानकारी गराएको छ ।

करिव ३ वर्ष अघि प्रमुख कार्यकारी अधिकृत बनेर आएका चाण्डोकले उद्योगमा कार्यरत महिला मजदुरमाथि पटक–पटक दुर्व्यवहार गरेकाले आन्दोलनमा उत्रिएको मजदुरले जानकारी गराएका छन् । आन्दोलनकारीले महिलामाथि  दुर्व्यवहारमा संलग्न चाण्डोकमाथि कानुनी कारवाहीको माग गरेका छन् ।

यसैबिच प्रहरीले महिला कर्मचारीमाथी दुर्वयवहार गर्ने चाण्डोकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ्ले चाण्डोकलाई पक्राउ गरी अनुसन्धान थालीएको जनाएको छ ।