काठमाडौँ //कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। 

सरकारले आफुलाई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै  प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई ४ वर्षको लागि गरेको नियुक्ति बदर गर्न माग गरेका हुन्।

OM Sai Pathibhara Hospital

उनले सो पदमा आफु ४ वर्षको लागि नियुक्त भएकोले आफुलाई निरन्तरता दिनको लागि अन्तरिम आदेशको माग गरेका छन्।

शाक्यलाई उनकै आग्रहमा सम्मानजनक रुपमा जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणीमा नियुक्ति गरेको थियो।

खाइपाइ आएको सेवा सुविधामा कटौती नहुने गरी उनले गर्नुपर्ने कार्यदेशसमेत उल्लेख गरी विशेष जिम्मेवारी दिएर सरकारले उनलाई सरुवा गरेको थियो।

तर यता शाक्यले भने आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत अधिकार हनन भएको उल्लेख गरेका छन् ।

घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए। उनी झन्डै ११ महिनापछि सोहि पदमा फर्केका हुन्।