झापा / जिल्ला कोभिड व्यवस्थापन केन्द्र झापाको बैठकले भदौ १ गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म बजार र यातायात खुल्ला गर्ने निर्णय गरेको हो ।
अत्याधिक भीड हुने खाद्यान्न लगायतका पसल भने बिहान ६ बजे देखि १० बजेसम्म मात्र खुल्ला गर्न दिने बैठकले निर्णय गरेको छ ।
निषेधाज्ञा खुकुलो बनाउने निर्णय गर्दै बैठकले सर्वसाधारण तथा व्यवसायीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्य मापदण्ड पालना नगर्ने र स्थानीय प्रशासनको नियम उल्लंघन गर्नेमाथि कडा कारवाही गर्ने बैठकले निर्णय पनि गरेको छ ।