रौतहट / प्रतिबन्धित भारतीय नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार दरभंगा कम्तौल बस्ने ४० वर्षीय सन्जित साह रहेका छन् ।
साहलाई भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गौर नगरपालिका –५ मेन चौकबाट पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले प्रतिबन्धित २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।