इटहरी / सुनसरीको इटहरी नगरपालिका –१७ लबिपुर स्थित अंकित बडि ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका –४ घर भएका र हाल इटहरीको लबिपुरमा बस्ने ४० वर्षीय राम कुमार लिम्बू रहेका छन् ।
आइतबार बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो ।