बिर्तामोड / झापाको बाह्रदशी गाउँपालिका –७ सिमल चौकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका घर भई हाल कन्काई नगरपालिका –८ डेरा गरी बस्ने ३२ वर्षीया सरस्वती मगर रहेकी छिन् । 

OM Sai Pathibhara Hospital

आइतबार राती साढे १० बजे उत्तर जादै गरेको प्रदेश–१ –०१–०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी स्कुटी चालक बाह्रदशी गाउँपालिका –७ की २८ वर्षीया प्रमिता कार्की र पछाडि सवार सरस्वती घाईते भएका थिए ।

उनीहरूलाई उपचारको लागी बीएन्डसी अस्पतालमा पुर्‍याउन साथ सरस्वतीको मृत्यु भएको थियो भने कार्कीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय  झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । 

दुर्घटना गराउने कार र चालक इलाम जोगमाई –२ का २४ वर्षीय जंग बहादुर बस्नेत इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन् ।