विराटनगर  / डाका मुद्दाका फरार प्रतिवादी एक जनालाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । मोरङको टाँडीबाट पदम विश्वकर्मालाई प्रहरीले पक्राउ गरेर हो ।

विश्वकर्मा विरुद्ध धनकुटा जिल्ला अदालतले २०६२ भदौ १४ गतेको फैसलाबाट डाका मुद्दामा ६ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना आदेश गरेको थियो । 

OM Sai Pathibhara Hospital

यसैगरी धनकुटा जिल्ला अदालतले नै २०६२ असोज ११ गतेको फैसलाले ९ वर्ष कैद एक लाख ५५ हजार ५५० रुपैयाँ जरिवाना आदेश गरेको थियो ।

उनी विरुद्ध दुई वटा डाका मुद्दामा कुल १५ वर्ष कैद र दुई लाख पाँच सय पचास जरिवाना ठहर भएपछि फरार भएका थिए ।

विश्वकर्मालाई १६ वर्षपछि प्रहरीले गत साउन २९ गते मोरङ मिक्लाजुङ टाँडीबाट पक्राउ गर्न सफल भएको हो ।