काठमाडौं//अफगानिस्तानमा नेपाली श्रमिक पठाउने मेनपावर कम्पनीलाई बैदेशिक रोजगार विभागले बोलाएको छ।
रोजगारीका लागि अफगानिस्तान पुगेका नेपालीको अवस्थाबारे छलफल गर्नका लागि भोलि (सोमबार) मेनपावर कम्पनीहरुलाई बोलाएको हो ।
अफगानिस्तानको कुन ठाउँमा कुन अवस्थामा नेपालीहरु छन् भन्ने बारेमा जानकारी लिन ,यकिन विवरण जानकारीमा राख्न तथा उद्दारका लागि पहल गर्न मेनपावर कम्पनीहरुलाई विवरणसहित बोलाएको बताइएको छ ।
यस्तो गर्दा उनीहरुको उद्दार गर्न सहज हुने जनाइएको छ।
यता विभिन्न देशले आ–आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् ।
विदेशी सैनिक फिर्ता हुन थालेपछि अफगानिस्तानमा विद्रोही संगठन तालिवानले विभिन्न शहरहरु नियन्त्रणमा लिन थालेको छ।