काठमाडौं//अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेट्रोल पम्पको कारोबारमा भ्रष्टाचार गरेको भन्दै एकजना बिरुद्ध मुद्दा दर्ता गरेको छ ।
प्रहरी कल्याण कोषद्धारा संचालित पेट्रोल पम्पको कारोबारमा भ्रष्टाचार गरेको भन्दै काठमाडौंको नक्सालस्थित पेट्रोल पम्पमा कार्यरत असई दीलिप कार्की बिरुद्ध मुद्दा दर्ता गरेको हो।
कोषको संचालित खातामा अन्य ब्यक्तिले भुक्तानी गरेको रकमलाई पेट्रोल पम्पको आम्दानी देखाएर एक करोड तीन लाख सन्तानब्बे हजार रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको उनीमाथि आरोप छ।
आयोगले कार्की बिरुद्ध हिनामिना गरेको रकम भराउने र जेल सजायको मागदाबी सहित आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।