बिर्तामोड / झापामा एक जना पुरुष मृत फेला परेका छन् । कमल गाउँपालिका– २ स्थित क्याम्पा चोक नजिकै धानबारीमा स्थानीयवासी राजु लिम्बू मृत फेला परेका हुन् ।
नयाँ बस्तीमा बस्दैआएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आज बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बूको मृत्यु केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
शव खेतका बिचमा भएका कारणले सडेर दुर्गन्ध आउन थालेपछि स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे कारण खुल्न सकेको छैन् ।
परिवारको पहिचान पश्चात् शवलाई परीक्षण लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।