बिर्तामोड / नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ ।
बुधबार डिआइजी बसन्त कुमार लामा नेतृत्वको छानबिन समितिले तीन जना प्रहरीलाई बर्खास्त गर्न, एसपी सहितका अन्य प्रहरीलाई विभागीय कारबाही गर्न र परीक्षा रद्द गर्न सिफारिस गरेको छ ।
समितिले प्रहरी महानिरीक्षक बसन्त कुमार लामालाई प्रतिवेदन बुझाएको छ । समितिले सइ जनकबहादुर थापा, हवल्दार कुमार साह र कार्यालय सहयोगी सुरेश बमलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।
यूएन शाखाका प्रमुख एसपी अनुपमशमशेर राणाको मिलेमतो नभएपनि लापरबाही देखिएकाले उनलाई पनि कारबाही सिफारिस भएको छ । उनकै घर्राको साँचो चोरेर कार्यालय सहयोगी बमले प्रश्नपत्र चोरी गरेका थिए । जून प्रश्नपत्र हवल्दार शाहले अन्य प्रहरीलाई बिक्री गरेका थिए । जसमा डीएसपी रूपेश खड्का लगायत छन् ।
गत १५ र १६ साउनमा प्रि स्याट परीक्षा भएको थियो । जसमा करिब २५ सय प्रहरी सहभागी भएका थिए । करिब ३० जनाले चोरी गरेको प्रश्नपत्र प्राप्त गरेका थिए ।