काठमाडौं / हुण्डी कारोबारमा संलग्न चार जनालाई काठमाडौँको गणबहालबाट
प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनुज अग्रवाल, नितेश श्रेष्ठ, नर बहादुर खड्का र
अर्जुन चौलागाईं रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश
बस्नेतले जानकारी दिएका छन् ।
हुण्डी कारोबारका मुख्य आरोपी तनुज अग्रवाल रहेको र उनीहरुको साथबाट ९१
लाख ९६ हजार रुपैयाँ बरामद गरेको बस्नेतले जानकारी दिएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट परिचालन भएको प्रहरी टोलीले काठमाडौं
महानगरपालिका–२२ गणबहाल स्थित तनुजको घरमा छापा मारेर सो रकम बरामद गरेको हो ।
बरामद भएको रकम सहित उनीहरुलाई
नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अरु तिनजना तनुजका सहयोगी रहेको खुलेको प्रहरीले
जनाएको छ ।