काठमाडौँ / जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा सार्वजनिक
तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज
जारी गरेको निषेधाज्ञामा साउन २८ गतेबाट बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सवारी
साधन सञ्चालनमा रोक लगाएको उल्लेख भएको छ ।
पछिल्लो समय कोभिड–१९ सङ्क्रमण
बढ्दै गएपछि काठमाडौँ उपत्यकामा रात्रिकालीन सवारी साधनको आवतजावतमा कडाइ गरिएको उल्लेख
भएको छ ।
आदेशमा अत्यावश्यक सवारीसाधन मात्रै सञ्चालन गर्न पाइने भनिएको
छ ।
त्यसैगरी, निषेधाज्ञाको समय आगामी भदौ ८ गतेसम्म थप भएको र
अन्य प्रावधान पहिलेकोलाई नै निरन्तरता दिइएको आदेशमा उल्लेख भएको छ।