बिर्तामोड / प्रहरीले आन्तरिक राजस्व विभागको स्टिकर सहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुुमार र सोही ठाउँका २० वर्षीय रिङ्कुु कुमार र २२ वर्षीय सुरेश कुुमार छन् । उनीहरुसँगै रौतहटको गरुडा नगरपालिका–१ का ४० वर्षीय राजकुमार शाह र पर्साको वीरगञ्ज महानगरपालिका–१३ का ५५ वर्षीय विजय गुुप्ता पक्राउ परेका छन् ।

OM Sai Pathibhara Hospital

उनीहरुलाई प्रहरीले कैलालीको गौरीगंगा नगरपालिका–७ तालबन्द सडकखण्डबाट पक्राउ गरेको हो । ना ३२ क ६२८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट प्रहरीले दुई लाख ८८ हजार ६ सय ७४ वटा आन्तरिक राजस्व विभागको स्टिकर बरामद गरेको छ ।

प्रहरीले पक्राउ पर्नेको कोठा खानतलासीका क्रममा  ७० युुपी ३०० एमएल लेखिएको ३ थान छाप, ३ थान स्ट्याम्प प्याड र मसी समेत बरामद भएको जनाएको छ ।