मोरङ / मोरङको लेटाङ नगरपालिका ९ बुढौली चौकबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लेटाङ ८ का २४ बर्षीय पदम बहादुर राई रहेको ईलाका प्रहरी कार्यालय लेटाङले जानकारी दिएको छ ।
सोमबार बेलुका साढे ५ बजे अस्थाई प्रहरी चौकी जातेबाट परिचालन भएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी २ सय ट्याब्लेट र स्पासपेन १ सय ७० ट्याब्लेट सहित पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् ।
पक्राउ परेका राईलाई ईलाका प्रहरी लेटाङमा राखी थप अनुसन्धान भईरहेको राईले जानकारी दिएका छन् ।