विदेश

    Showing 1,831-1,840 of 2,133 items.
  • पाकिस्तानमा वाढी, पहिरोमा परी १२ जनको मृत्यु

    बिर्तामोड(एजेन्सी) पाकिस्तानमा बाढी, पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा केही दिनदेखि निरन्तर परेको वर्षाका कारण आएको बाढीपहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।  गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरूले जनाएका छन् । वर्षापछि पहिरो गएको र त्यसमा केही घर पनि बगेका जनाइएको छ । उद्धारको काममा खटेका अधिकारीहरूले यहाँ भएको क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन् भने एकै ठाउँमा निकै ठूलो वर्षा भएको र सो निरन्तर रहेपछि बाढी र पहिरो आएको बताइएको छ । 

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 169 पटक पढिएको
  • साउदी अरेबियाली सेनाको कारबाहीमा परी २० भन्दा बढी हुथी विद्रोहीको मृत्यु

    बिर्तामोड(एजेन्सी) यमनमा २० भन्दा बढी हुथी विद्रोहीको मृत्यु भएको छ । यमनको मारिब प्रान्तमा साउदी अरेबियाली सेनाको कारबाहीमा परी उनीहरूको मृत्यु भएको हो । ती विद्रोहीले मारिब प्रान्तमा पहिलेदेखि नै कब्जा जमाएर बसेका थिए । सोही सूचनाका आधारमा उक्त क्षेत्रमा साउदी अरेबियाले नेतृत्व गरेको सेनाले हवाई कारबाही गरेको थियो । त्यस कारबाहीका क्रममा ती सैनिक मारिएका समाचारमा जनाइएको छ । शनिबार साँझ सो कारबाही भएको थियो । त्यसैगरी शनिबार नै मारिब प्रान्तको पश्चिमी जिल्ला रबाहमा पनि उक्त सेनाले आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर पनि केही हुथी विद्रोही मारिएको आशंका गरिएको छ । तर सो समाच

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 202 पटक पढिएको
  • तालिवान सरकारले महिलाहरुलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने

    बिर्तामोड(एजेन्सी) अफगानिस्तानको तालिवान सरकारले नयाँ शिक्षा नीति सार्वजनिक गरेको छ । तालिबानले सार्वजनिक गरेको नयाँ नीतिमा महिलाहरुलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने उल्लेख गरेको छ ।  तालिबानले महिला र पुरुषहरू सँगै बसेर पढ्न नपाउने जनाएको छ । बीबीसीका अनुसार उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने तर पुरुषहरूसँगै बसेर भने पढ्न नपाउने बताएको छ ।अफगानिस्तानका विश्वविद्यालयहरुलाई महिला र पुरुष विद्यार्थी पढाइ हुने गरी छुट्याइने छ र इस्लामी ड्रेस कोड लागू गरिने तालिवानको भनाई छ ।पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा ब

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 197 पटक पढिएको
  • तालिबानको विरुद्धमा प्रदर्शन गर्दा चारको मृत्यु

    बिर्तामोड(एजेन्सी) अफगानिस्तानमा तालिबानको विरुद्धमा प्रदर्शन गर्दा चार जनाको मृत्यु भएको छ । राजधानी काबुलमा भेला भएका मानिसमाथि तालिबानीले बल प्रयोग गरी दमन गर्दा चार जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका अधिकारीका अनुसार तालिबानका विरुद्धमा राजधानी काबुलमा भएका विरोध प्रदर्शनमा पछिल्ला प्रदर्शनमा चार जनाको मृत्यु भइसकेको छ । झन्डै एक महिनाअघि राजधानी काबुल तालिबानको नियन्त्रणमा पुगेपछि अफगानिस्तानका विभिन्न स्थानमा महिला अधिकार र स्वतन्त्रताका पक्षमा प्रदर्शन भइरहेका छन् ।ती प्रदर्शनकारीमाथि तालिबानले बल प्रयोग गर्ने गरेका छन् । तालिबानी लडाकूले कोर्रा ह

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 195 पटक पढिएको
  • पेरु कम्युनिस्ट पार्टीका अध्यक्ष 'गुन्जालो'को उपचारको क्रममा मृत्युु

    एजेन्सी /  पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अविमेल गुजमान ‘गुन्जालो’को उपचारको क्रममा मृत्यु भएको छ ।पेरु सरकारका न्याय मन्त्री अनबल टोरेसका अनुसार गोञ्जालोको सैनिक अस्पतालमा उपचारको क्रममा आज विहान बजे मृत्यु भएको हो  ।

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 570 पटक पढिएको
  • अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रका नागरिकमा सुरक्षा र स्थायित्वको चिन्ता

    बिर्तामोड(एजेन्सी) पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रका नागरिकमा स्थायित्वको चिन्ता देखिएको छ । तालिबानी विद्रोहीले पछिल्ला केही दिनमा अफगानिस्तान कब्जा गरेपछि सीमा क्षेत्रका नागरिकमा स्थायित्वको चिन्ता देखिएको हो । सीमा क्षेत्रका नागरिकमा अहिले केही दिन यतादेखि मानिस आवतजावत गर्न थालेका र त्यहाँ बस्ती रहेका नागरिकमा आगामी दिनमा अवस्था सामान्य हुँदै जाने आशा पलाएको बताएका छन् ।तालिबानीले पछिल्लो समयमा असुरक्षाको अवस्था हटाउने सङ्केत देखाएको उनीहरूको भनाइ छ । राम्रोसँग तालिबानीले अघि बढ्ने सङ्केत देखाएका र यसबाट अफगानिस्तानमा शान्ति र स्थायित्व बढ्न सक्ने आशा पलाएको सो क्षेत्रका नागरिक

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 172 पटक पढिएको
  • म्यान्मारको छाया सरकारद्वारा युद्ध घोषणा

    बिर्तामोड(एजेन्सी) म्यान्मारको छाया सरकारले देशका सैनिक शासकविरुद्ध युद्ध घोषणा गरेको छ। सेनाले अपदस्थ गर्नुअघिका निर्वाचित सांसदहरुले मिलेर गठन गरेको राष्ट्रिय सहमतिको सरकार (छाया सरकार) का कार्यकारी राष्ट्रपति दुवा लसी लाले फेसबुकमा भिडियो शेयर गर्दै मंगलबार ‘जनताको रक्षात्मक युद्ध’ घोषणा गरेका हुन् । ‘जनताको जीवन र सम्पत्तिको रक्षा गर्ने जिम्मेवारी आएकाले राष्ट्रिय सहमतिको सरकारले सैन्य जुन्ताविरुद्ध जनताको रक्षात्मक युद्ध सुरु गरेको छ,’ उनले भने,‘मिन आङ हलिङले नेतृत्व गरेका सैनिक आतंककारीको शासनविरुद्ध देशभरका नागरिकहरुले हरेक कुनामा यो विद्रोह गर्नेछन् ।’जनरल मिन हलिङले आङ सान स

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 164 पटक पढिएको
  • भारतमा ६७.७२ करोडले पाए कोरोना विरुद्धको खोप

    बिर्तामोड / भारतमा अहिलेसम्म कोरोना भाइरस विरुद्धको खोप ६७.७२ करोडले लगाएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन् । तीमध्ये ५८ लाख ८५ हजार जनाले पछिल्लो २४ घण्टामा मात्रै खोप लगाएको उनीहरूको भनाइ छ । खोप लगाएका मध्ये एक करोड तीन लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या ९७.४३ प्रतिशत हो ।   भारतमा अहिलेपनि चार लाख पाँच हजार ६८१ जना सङ्क्रमित अवस्थामै रहेका छ

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 169 पटक पढिएको
  • यमनमा हुथी विद्रोही र सेनाबीच झडप हुँदा ६५ जनाको मृत्यु

    बिर्तामोड(एजेन्सी) यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बताएका छन् सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । ४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन् । यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट शुरु गरेको गृहयुद्धका कारण हजारौँको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 176 पटक पढिएको
  • बन्दुकधारीद्वारा नाइजेरियामा ७३ विद्यार्थी अपहरित

    बिर्तामोड(एजेन्सी) नाइजेरियामा बन्दुकधारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् ।बन्दुकधारीले बुधबार नाइजेरियाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरण गरेका अधिकारीले जनाएका छन् जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले जारी गरेको वक्तव्यमा उनीहरूलाई अपहरण गर्न ठूलो सङ्ख्यामा लडाकु आएका उल्लेख गरिएको छ । विद्यार्थीलाई अपहरण गरेर कता लगे भन्ने बारेमा यकिन हुन नसकेको अधिकारीले जनाएका छन् । अपहरित बालबालिका माध्यामिक तहका विद्यार्थी रहेका जनाइएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन भने बाँकी रहेको बताइएको छ ।

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 152 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.