बिर्तामोड(एजेन्सी) अफगानिस्तानको तालिवान सरकारले नयाँ शिक्षा नीति सार्वजनिक गरेको छ । तालिबानले सार्वजनिक गरेको नयाँ नीतिमा महिलाहरुलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने उल्लेख गरेको छ ।  

तालिबानले महिला र पुरुषहरू सँगै बसेर पढ्न नपाउने जनाएको छ । बीबीसीका अनुसार उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने तर पुरुषहरूसँगै बसेर भने पढ्न नपाउने बताएको छ ।

OM Sai Pathibhara Hospital

अफगानिस्तानका विश्वविद्यालयहरुलाई महिला र पुरुष विद्यार्थी पढाइ हुने गरी छुट्याइने छ र इस्लामी ड्रेस कोड लागू गरिने तालिवानको भनाई छ ।

पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिबानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने भएको छ ।