बिर्तामोड(एजेन्सी) पाकिस्तानमा बाढी, पहिरोमा परी १२ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा केही दिनदेखि निरन्तर परेको वर्षाका कारण आएको बाढीपहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।  

OM Sai Pathibhara Hospital

गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरूले जनाएका छन् । वर्षापछि पहिरो गएको र त्यसमा केही घर पनि बगेका जनाइएको छ । 

उद्धारको काममा खटेका अधिकारीहरूले यहाँ भएको क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन् भने एकै ठाउँमा निकै ठूलो वर्षा भएको र सो निरन्तर रहेपछि बाढी र पहिरो आएको बताइएको छ ।