बिर्तामोड(एजेन्सी) म्यान्मारको छाया सरकारले देशका सैनिक शासकविरुद्ध युद्ध घोषणा गरेको छ। 

सेनाले अपदस्थ गर्नुअघिका निर्वाचित सांसदहरुले मिलेर गठन गरेको राष्ट्रिय सहमतिको सरकार (छाया सरकार) का कार्यकारी राष्ट्रपति दुवा लसी लाले फेसबुकमा भिडियो शेयर गर्दै मंगलबार ‘जनताको रक्षात्मक युद्ध’ घोषणा गरेका हुन् । 

OM Sai Pathibhara Hospital

‘जनताको जीवन र सम्पत्तिको रक्षा गर्ने जिम्मेवारी आएकाले राष्ट्रिय सहमतिको सरकारले सैन्य जुन्ताविरुद्ध जनताको रक्षात्मक युद्ध सुरु गरेको छ,’ उनले भने,‘मिन आङ हलिङले नेतृत्व गरेका सैनिक आतंककारीको शासनविरुद्ध देशभरका नागरिकहरुले हरेक कुनामा यो विद्रोह गर्नेछन् ।’

जनरल मिन हलिङले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेर शासनसत्ता  हातमा लिएयता म्यान्मारमा राजनीतिक संकट गहिरिएको छ । त्यसयता, यहाँका राजनीतिक पार्टीहरू एकजुट भएर सङ्घर्षमा छन् । 

म्यान्मारमा १ फेब्रुअरीमा सेनाले कु गर्दै शासनसत्ता आफ्नो हातमा लिएको थियो ।