बिर्तामोड(एजेन्सी) यमनमा २० भन्दा बढी हुथी विद्रोहीको मृत्यु भएको छ । यमनको मारिब प्रान्तमा साउदी अरेबियाली सेनाको कारबाहीमा परी उनीहरूको मृत्यु भएको हो । 

ती विद्रोहीले मारिब प्रान्तमा पहिलेदेखि नै कब्जा जमाएर बसेका थिए । सोही सूचनाका आधारमा उक्त क्षेत्रमा साउदी अरेबियाले नेतृत्व गरेको सेनाले हवाई कारबाही गरेको थियो । 

OM Sai Pathibhara Hospital

त्यस कारबाहीका क्रममा ती सैनिक मारिएका समाचारमा जनाइएको छ । शनिबार साँझ सो कारबाही भएको थियो । त्यसैगरी शनिबार नै मारिब प्रान्तको पश्चिमी जिल्ला रबाहमा पनि उक्त सेनाले आक्रमण गरेको थियो । 

त्यस आक्रमणमा परेर पनि केही हुथी विद्रोही मारिएको आशंका गरिएको छ । तर सो समाचारको स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन । 

मारिबमा भएको हवाई कारबाहीको भने यमनको सेनाले पुष्टि गरेको समाचारमा जनाइएको छ ।