बिर्तामोड(एजेन्सी) नाइजेरियामा बन्दुकधारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् ।

बन्दुकधारीले बुधबार नाइजेरियाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरण गरेका अधिकारीले जनाएका छन् 

OM Sai Pathibhara Hospital

जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले जारी गरेको वक्तव्यमा उनीहरूलाई अपहरण गर्न ठूलो सङ्ख्यामा लडाकु आएका उल्लेख गरिएको छ । 

विद्यार्थीलाई अपहरण गरेर कता लगे भन्ने बारेमा यकिन हुन नसकेको अधिकारीले जनाएका छन् । अपहरित बालबालिका माध्यामिक तहका विद्यार्थी रहेका जनाइएको छ । 

घटनाका बारेमा विस्तृत विवरण आउन भने बाँकी रहेको बताइएको छ ।