विदेश

    Showing 1,801-1,810 of 2,133 items.
  • भारतमा कोभिडबाट मृत्यु भएका परिवारलाई ५० हजार

    बिर्तामोड(एजेन्सी) भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिका आफन्तलाई ५० हजार रुपैयाँ उपलब्ध गराउन त्यहाँको सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।कोरोनाका कारण मृत्यु भएका व्यक्तिका आफन्तलाई अदालतले ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउन आदेश दिएको हो ।भारतको विपद् व्यवस्थापन कानुनअनुसार कोभिड –१९ बाट ज्यान गुमाउनेहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो ।स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा चार लाख ४९ हजार जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।पीडितले आवेदन दिएको एक महिनाभित्र क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिइएको बीबीसीले जनाएको छ

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 176 पटक पढिएको
  • दुई अमेरिकी वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार

    बिर्तामोड / शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ।अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ।उनीहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अङ्गालोको न्यानोपना महसुस गर्छ भन्ने बारेमा अध्ययन गरेका थिए।शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारेमा उनीहरूले गरेको अध्ययन दुखाइसम्बन्धी समस्या समाधान गर्ने उपचारका लागि उपयोगी हुने बताइएको छ।न

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 172 पटक पढिएको
  • ६ घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब घाटा

    एजेन्सी / सोमबार संसारभर विभिन्न मुलुकमा करिव ६ घन्टा सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप डाउन भयो । नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट डाउन हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।६ घन्टा अवरुद्ध हुँदा फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ । सेप्टेम्बरमा मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओरालो लागेको छ । एजेन्सीको सहयोगमा ।

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 229 पटक पढिएको
  • भारतको तिकुनियामा भएको झडपमा ८ जनाको मृत्यु

    बिर्तामोड /  नेपाल–भारत सीमाना नजिकको भारतीय बजार तिकुनिया क्षेत्रमा किसानको आन्दोलनमा भएको झडपमा परी ८ जनाको मृत्यु भएको छ । उक्त झडपमा चार किसान सहित र अन्य चारजनाको मृत्यु भएको हो । उत्तर प्रदेशस्थित तिकुनिया क्षेत्र अहिले पनि तनावग्रस्त छ । भारत सरकारले धानको मूल्य सही निर्धारण नगरेकाले किसान आन्दोलनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।सोही क्रममा भारतका केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्र टेनीका छोराले किसानमाथि गाडी चलाएको आरोप लागेको छ । 

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 209 पटक पढिएको
  • ताइवानप्रति आक्रामक बन्दै चीन, ताइवानको आकाशमा चीनको ३९ लडाकु जहाज

    बिर्तामोड(एजेन्सी) ताइवानलाई आफ्नो अभिन्न भू–भाग दाबी गर्दै आएको चीनले ताइवानको आकाशमा एकैदिन तीन दर्जन भन्दा वढी लडाकु जहाज पठाएको छ । हरेक दिनजसो लडाकु जहाज पठाउने चीनले शनिबार दिउँसो र राति गरी ३९ वटा लडाकु जहाज ताइवानको आकाशमा पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ । चिनियाँ लडाकु जहाज आएपछि आफ्नो मिसाइल प्रणालीबाट तिनको निगरानी गरेको ताइवानले जनाएको छ। ताइवानले चीनले तर्साउनका लागि यस्तो गरिरहेको भन्दै विरोध गर्दै आएको छ।सन् १९४९ मा चीनमा गृहयुद्धपछि कम्युनिष्ट शासन स्थापना भएदेखि नै चीन र ताइवानबीच विवाद चलिरहेको छ । १९४९ देखि नै बेइजिङले ताइवानलाई चीनमा मिसाउने योजना बनाइरहेक

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 157 पटक पढिएको
  • गर्भपतन अधिकार माग गर्दै अमेरिकाको ६६० स्थानमा महिलाको प्रदर्शन

    एजेन्सी / गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दशौँ हजार महिलाले शनिबार अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन गरेका छन् ।  टेक्सास राज्यले ६ हप्तापछि गर्भपतन गर्न नपाइने  नयाँ कानून ल्याएपछि अमेरिकामा गर्भपतन सम्बन्धी मुद्दा चर्किएको छ ।गत महिनाबाट लागु भएको यो मापदण्ड देशकै सबैभन्दा कडा हो । बासिङटन डिसी अगाडि उभिएका प्रदर्शनकारीहरूले ‘मेरो शरीर, मेरो रोजाई’, ‘गर्भपतन व्यक्तिगत रोजाई हो, कानूनी बहस होइन’ लगायत नारा घन्काइरहेका थिए । वासिङटन डिसीस्थित सर्वोच्च अदालत अगाडि पनि प्रदर्शन गरिएको थियो ।

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 220 पटक पढिएको
  • मानिसको पेटबाट एक किलोग्रामभन्दा बढी काँटी, पेच र छुरी निकालियो

    एजेन्सी / लिथुआनियाका एक जना पुरुषको पेटबाट एक किलोग्रामभन्दा बढी काँटी, किल्ला, पेच र छुरी शल्यक्रिया गरेर निकालिएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्।मदिरा सेवनको लत छाडेपछि ती व्यक्तिले एक महिना यता फलामका वस्तुहरू निल्दै आएको चिकित्सकहरूले जनाएका छन्।क्लेपडा युनिभर्सिटी अस्पतालमा गरिएको शल्यक्रियाका क्रममा निकालिएका केही वस्तुहरू १० सेन्टिमिटरसम्म लामो भएको त्यहाँको स्थानीय सार्वजनिक प्रसारकले जनाएको छ।एक जना सर्जनले त्यसलाई विशिष्ट घटना भनेका छन्।लिथुआनियाली भाषामा प्रकाशित एउटा लेखमा तीन घण्टाको आपत्कालीन शल्यक्रियापछि बाहिर निकालिएका फलामका वस्तुहरूले एउटा सर्जिकल ट्रे भरिएको देखिएको

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 328 पटक पढिएको
  • भारतमा थपिए २४ हजारभन्दा बढी कोरोना संक्रमित

    एजेन्सी / भारतमा कोरोनाभाइरसबाट थप २४ हजारभन्दा बढी संक्रमित भएका छन् ।     अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना संक्रमित भएका हुन् । पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ संक्रमित थपिएका थिए । शुक्रवारको विवरणमा भन्दा शनिबारको विवरणमा संक्रमितहरूको सङ्ख्या घटेको देखिएको छ ।     यसअघि दैनिक संक्रमितहरुको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । संक्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको छ ।     भारतमा अहिले पनि संक्रमित अव

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 164 पटक पढिएको
  • कैदी बन्दी र गिरोहबीच झडप हुँदा एक सय भन्दा बढीको मृत्यु

    बिर्तामोड(एजेन्सी) इक्‍वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्दी गिरोहबीच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको छ।इक्‍वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्द्वका रुपमा हेरिएको छ। झडपमा पाँच जना कैदीहरूको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी कमान्डरका अनुसार कैदीहरूले पनि जेल भित्रबाट ग्रेनेड फ्याँकेको थिए। विश्वव्यापी लागू औषध गिरोहसँग सम्बन्धित कैदीहरु रहेको यस जेलमा दुई पक्ष बीच झडप भएपछि त्यहाँ रहेका ४ सय प्रहरीलाई नियन्त्रणमा लिन कठिन भएको थियो।लागू औषध तस्करी सम्बन्धी शक्तिशाली म्याक्सिकन गिरोह इक्‍वेडरबाट सञ्चालित

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 164 पटक पढिएको
  • जापानमा शक्तिशाली भूकम्प

    बिर्तामोड(एजेन्सी) जापानमा बुधबार शक्तिशाली भुकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो । जापानको सामुद्रिक क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ । भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् । 

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 153 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.