एजेन्सी / गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दशौँ हजार महिलाले शनिबार अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन गरेका छन् ।
टेक्सास राज्यले ६ हप्तापछि गर्भपतन गर्न नपाइने नयाँ कानून ल्याएपछि अमेरिकामा गर्भपतन सम्बन्धी मुद्दा चर्किएको छ ।
वासिङटन डिसीस्थित सर्वोच्च अदालत अगाडि पनि प्रदर्शन गरिएको थियो ।





































