एजेन्सी / गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दशौँ हजार महिलाले शनिबार अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन गरेका छन् । 

 टेक्सास राज्यले ६ हप्तापछि गर्भपतन गर्न नपाइने  नयाँ कानून ल्याएपछि अमेरिकामा गर्भपतन सम्बन्धी मुद्दा चर्किएको छ ।

OM Sai Pathibhara Hospital


गत महिनाबाट लागु भएको यो मापदण्ड देशकै सबैभन्दा कडा हो । बासिङटन डिसी अगाडि उभिएका प्रदर्शनकारीहरूले ‘मेरो शरीर, मेरो रोजाई’, ‘गर्भपतन व्यक्तिगत रोजाई हो, कानूनी बहस होइन’ लगायत नारा घन्काइरहेका थिए । 

वासिङटन डिसीस्थित सर्वोच्च अदालत अगाडि पनि प्रदर्शन गरिएको थियो ।